काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज एकै दिन सुन तोलामा ५ हजार ३०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो छ
सोमबार तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।