काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज एकै दिन सुनको मूल्यमा तोलामा ३ हजार रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार १ हजार ९२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको छ ।