ललितपुर। आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको हो ।
जसअनुसार छापावाल आज सुन तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो ।