काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । विहीबार इतिहासकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार भने सामान्य रुपमा घटेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँका दरले घटेको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।