काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँका दरले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदी सोमबारको बजारको मूल्यमा कायम मूल्यलाई आधार मानेर कारोबार हुने भएको हो । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ खरिदबिक्री भइरहेको छ ।