काठमाडौँ । साताको सुरुवाती कारोबारमा सुनको मूल्य सामान्य रुपले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो ।
आज अर्थात् आइतबार सून प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँका दरले घटेको छ । शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको हो ।