
ललितपुर । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला ला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भईरहेको छ । यस दिन चाँदीको मूल्यले गत जेठ २७ गते कायम दुई हजार १६५ रुपैयाँको उचाईलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया