२०८२ पुष ३० | Jan 14, 2026

सुनको मूल्यमा सामान्य वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १४
|
102 views

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले वृद्धि भएको छ। साताको अन्तिम कारोबारको दिन शुक्रबार १ लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। महासंघका अनुसार आज एक तोला चाँदी १९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया