ललितपुर । सुनको मूल्यले पछिल्लो केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाउँदै आएको छ । एकातिर सुन दिनप्रतिदिन बढिरहेको छ भने अर्कोतिर बजारमा अभाव देखिएको छ ।
नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाा रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सो मूल्य हालसम्मको उच्च हो । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । सो मूल्यलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ उचाई बनाएको हो ।
त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा ८५ रुपैयाँले घटेको छ । जसअनुसार आज बजारमा चाँदी प्रतितोला तीन हजार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला तीन हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।







फेसबुकबाट तपाईको प्रतिक्रिया