काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आइतबार प्रतितोला १ सय रुपैयाले घटेको सुनको मूल्य सोमबार भने तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।