ललितपुर । नेपाली बजारमा मंगबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार तोलामा एक सय रुपैयाँले घटेको सुन मंगलबार भने ६ सय रुपैयाँले घटेको हो ।
यसैगरी मंगलबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज चाँदीको तोलामा १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । आज चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यले गत जेठ २३ गते कायम दुई हजार १५० रुपैयाँको उचाई ब्रेक गरेर नयाँ रेकर्ड कायम गरेको हो । सोमबार भने चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।