काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि लगाता सुनको मूल्यमा वृद्धि भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा विहीबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो ।
जसअनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार भने तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।