२०८२ मंसिर २४ | Dec 10, 2025

सुनको मूल्य सामान्य घट्यो, चाँदीको भने वृद्धि

BusinessPati बिजनेस पाटी
|
२०८२ मंसिर ११
|
5.9k views

ललितपुर । नेपाली बजारमा आज सुनको मूल्य सामानय घटेको छ भने चाँदीको मूल्य बढेको हो । विहीबार छापावाला सुन मूल्य प्रतितोला ४०० रुपैयााले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन २ लाख ४८ हजार ८०० रुपैयाँमा खरिदविक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेको छ । जसअनुसार आज चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा खरिदविक्री भइरहेको छ । बुधबार भने चाँदी ३ हजार २ सय २० रुपयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया