काठमाडौं । चैत महिनामा नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । आज सुनको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात बिहीबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसभन्दा पहिले चैत्र ६ गते छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँ थियो । सो मूल्यलाई ब्रेक गर्दै आज नयाँ उचाई बनाएको हो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । शुक्रबार अर्थात आजको बजारमा चाँदी प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको थियो ।