काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्यमा प्रतितोला ३ हजार ६०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार विहीबार सुन तोलामा ३ हजार ६०० रुपैयाँले बढ्दा आजको मूल्य १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको हो।
बुधबार सुन प्रतितोला १ हजार ७०० रुपैयाँका दरले बढेको थियो । जसअनुसार बुधबार सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी विहीबार चाँदीको मूल्य पनि बढेको छ। आज एक तोला चाँदीको मूल्य १ हजार ९ सय ६० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।