काठमाडौं २८ चैत २०८०।
बुधबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेको हो ।
मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यसैगरी तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।