२०८२ असार २६

ललितपुर । २ दिन उच्च दरमा घरेट बुधबार तोलामा ५०० रुपैयाले बढेको सुनको मूल्य विहीबार भने ह्वात्तै घटेको छ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँ घटेको छ ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदी विहीबार तोलामा ३५ रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया