२०८२ असार २६

ललितपुर। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्यमा प्रतितोला ४०० रुपैयाँले गिरावट आएको छ भने चाँदी तोलामा २५ रुपैयाँले घटेको छ ।
जसअनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी २ हजार २०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन अर्थात् बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ९०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार २२५ रुपैयाँ कायम भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया