रिसव गौतम
सुन अर्थतन्त्रमा महत्वपूर्ण योगदान राख्न सक्ने धातु हो । जसको महत्व र महिमा विश्वभर अझ बढी कायम छ । नेपालमा यसको परापुर्वकाल देखि नै उपयोग र महत्व रहँदै आएको छ ।
धनको पहिलो स्रोत जमिनपछी सुनको नै बढी महत्व संसारभर छ । जमिन स्थीर सम्पत्ति हो भने सुन तरल सम्पत्ति हो । त्यसकारण आजको दुनियाँमा जमिन भन्दा पनि सुनको बढी संग्रह र संरक्षण हुन थालेको छ । अर्थतन्त्रको महत्वपूर्ण हिस्साको रुपमा सुनलाई लिइने गरिन्छ । सुनले मानिसहरुको शारिरीक शोभा मात्रै बढाउँदैन, आपत विपतमा तुरुन्तै नगदमा परिणत गरिन सकिने यस धातुले बहुआयामिक उपादायता सिद्ध गरेको छ । सुनको अधिक संग्रह गरेका, सुन खानीहरु भएका देशहरु पछिल्ला समय सबैभन्दा धनी मुलुकहरुको रुपमा उदाउँदै गएका छन् । त्यसकारण नेपालले पनि सुनको महिमा बुझेर सुन खानीहरुको अन्वेषण र उत्खनन्, जनमानसमा भएका सुनहरुको संग्रह गर्नु आवश्यक छ । संसारका सबैजसो देशहरुले सुनलाई पैसाको रुपमा प्रयोग गर्दै आएका छन् । त्यसकारण सम्पति सुरक्षित गर्न पनि सुनको प्रयोग भरपर्दो मान्ने गरिएको छ । अझ १९औं शताब्दीतिर त त्यसबेलाका सबै औधोगिक देशहरुले सुनको आधारमा आफनो पैसाको मुल्याङकन गर्थे । त्यसकारण एउटा लामो इतिहास बोकेको, संसारभर अत्यन्तै महत्व पाएको सुनलाई नेपालले पनि महत्व दिएर धनी हुने बाटो रोज्नुपर्छ ।
नेपालको बत्र्तमान आर्थिक अवस्था
अर्थतन्त्र अहिले समग्र हिसावले भन्दा सुधारिदै गएको छ । यद्यपी अर्थतन्त्रको आन्तरिक गतिशिलता भने कमजोर नै देखिन्छ । जसले गर्दा आम जनमानसमा उत्साह त्यति देखिदैन ।
राष्ट्र बैंकको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार शोधानान्तर बचत, ब्यापारघाटा, विदेशी मुद्राको सञ्चीति, रेमिटयान्स् आप्रवाह जस्ता अर्थतन्त्रका विविध बाह्य सुचकहरु सुधारिँदै गएका छन् । चालु आर्थिक बर्ष ०८१–०८२ को कार्तिक महिनासम्ममा विदेशी मुद्रा सञ्चिति १४.२ अर्ब अमेरिकी डलर पुगेको छ, जसले १०.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त वित्तीय सुरक्षा दिएको देखिन्छ । त्यसैगरी चालु आर्थिक बर्षको ४ महिनामा रेमिटेन्यान्स प्रवाहमा ९.५ प्रतिशतले वृद्धि भई कुल ४१२ अर्ब रुपैयाँ पुगेको छ ।
चलु आर्थिक बर्षको ४ महिनामा व्यापार घाटा ५३८ अर्ब रुपैयाँमा सीमित छ, जुन अघिल्लो वर्षको तुलनामा १०.२ प्रतिशतले कम हो । निर्यात २.४ प्रतिशतले वृद्धि भई कुल निर्यात ४६ अर्ब रुपैयाँ पुगेको अवस्था छ । कुल आयातमा ९.५ प्रतिशतको गिरावट आएर ५८५ अर्ब रुपैयाँमा झरेको अवस्था छ । यसरी आयात निर्यातको अवस्थामा पनि सुधार आउँन थालेको अवस्था छ ।
Exif_JPEG_420
अर्थतन्त्रको मेरुदण्ड तर बाह्य पक्षको रुपमा रहेको रेमिटयान्स्को बृद्धिदर हालसम्मकै उच्च हो । पछिल्ला दिनहरुमा विदेशीनेहरुको दर झनै बढेको कारण आगामी महिनाहरुमा रेमिट्यान्सको आप्रवाह दर अझै बढ्ने पनि अनुमान गरिएका छन् । यसरी अर्थतन्त्रको बाह्य पक्ष बलियो हुँदै गएको छ । बाह्य पक्ष सुधार हुँदै गएपनि आन्तरिक पक्ष चलाएमान हुन सकेको छैन । त्यसले पनि देशको आर्थिक गतिविधि बढ्न सकेको छैन । यद्यपी मुद्रास्फीति ६ प्रतिशतमा सिमित छ ।
बैंक तथा वित्तिय संस्थाहरुको सुस्तता, सरकारको पुँजीगत खर्चको कमजोर अवस्था र विश्वव्यापी मन्दीको भयले उपभोक्ताहरुमा गिरेको आत्मविश्वास आदीले गर्दा पनि नेपाली अर्थतन्त्र विगत एक बर्षयता गतिशिल बन्न सकेको छैन । त्यसकारण अर्थतन्त्रको आन्तरिक पक्ष सकारात्मक छै्रन । तर मुल रुपमा अर्थतन्त्रको बाह्य पक्ष बलियो हुँदै गएको हिसावले आगामी दिन अर्थतन्त्र क्रमश चलायमान हुँदै जाने अपेक्षा गर्न सकिन्छ ।
विश्व अर्थतन्त्र र सुन
अहिले विश्वव्यापी आर्थिक मन्दीको चरण सुरु भएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी रुपमा अहिले आएर आर्थिक संकटहरु देखापरेका छन् । खासगरी पछिल्ला बर्षहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव र रुस–युक्रेन युद्धका कारण पनि विश्व अर्थतन्त्र प्रभावित छ । सन् २००८ को मन्दीमा पनि विश्वकै सम्बृद्ध अर्थतन्त्र मानिने अमेरिकामा एउटा ठुलो बैंक नै टाट पल्टिएको थियो । यस बर्षदेखि सुरु भएको मन्दीले पनि अमेरिकाको १६आंै ठुलो बैक सिलिकन भ्याली बैंक र अर्को कर्मशियल बैक सिग्नेचर बैंक डुब्यो । नेपालमा पनि धेरै वित्तिय सहकारीहरु डुबेका छन् भागेका छन् । कतिपय लघुवित्तहरुमा पनि अनेकन समस्या उब्जिएका छन् । यसरी वित्तिय रुपमा असन्तुलन पैदा भइरहँदा विश्वव्यापी रुपमा सुनको भाउ भने बढेको अवस्था छ । सुनको मुल्य बृद्धिले एक खालको नयाँ रेर्कड बनाएको छ । संकटका दिनहरुमा सुन प्रति विश्वव्यापी भरोसा झन् बढेको छ । नेपाली बजारमाकार्तिक महिनामा सुनको मुल्य प्रतितोला एक लाख ७२ हजारसम्मको नयाँ रेर्कड बनिसकेको छ । यद्यपी सरकारले सुन आयातको २० प्रतिशत भन्सारदरमा भारी कटौती गरी १० प्रतिशत कायम गरेसँगै अहिले बजारमा सुनको मुल्य १ लाख ५२ हजार सेरोफोरो कारोबार भइरहेको छ ।
अहिले अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस २५८० अमेरिकी डलरमा सुन कारोबार हुन थालिसकेको छ । यसरी समग्र विश्वव्यापी अर्थतन्त्र खल्बलिँदा समेत सुनको भाउ र महत्व भने बढीरहेको देखिन्छ ।
अर्थतन्त्रलाई सुनको टेवा
विश्वव्यापी रुपमा भरोशाको प्रतिकको रुपमा रहेको सुनलाई नेपालले पनि प्राथमिकता दिन जरुरी देखिन्छ । सुन व्यवसायले अहिले नेपालमा पनि लाखौंलाई रोजगारी दिइरहेको छ । सुनबाट बन्ने गरगहनाबाट नेपालीहरुको विश्वमाझ शोभा बढाएको छ । सुनको संग्रह र संरक्षणबाट अर्थतन्त्रमा उल्लेख्य टेवा दिएको छ । जुन–जुन देशमा सुनको संग्रह बढी छ, जहाँ–जहाँ सुनचाँदी जस्ता बहुमुल्य धातुका खानी रहेका छन् ति देशहरु आर्थिक दृष्टिले अगाडी छन् र सम्बृद्ध पनि छन् । जस्तो कि पछिल्लो तथ्याङक अनुसार सुनको सबैभन्दा धेरै उत्पादन गर्ने देशहरुमा चीन, अष्टे«लिया, रसिया, अमेरिका, क्यानडा, पेरु, दक्षिण अफ्रिका, घाना, माली, इन्डोनेशिया र उज्जेकिस्तान रहेका छन् । ती देशहरु आर्थिक रुपमा सम्बृद्ध छन् र हुने क्रममा छन् । नेपालमा पनि सुनको खानी हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएपनि त्यसको ठोस अन्वेषण हुन सकेको छैन । नेपालमा सुनचाँदी जस्ता बहुमुल्य धातुहरुको आवश्यक खोज तथा अध्ययन हुन सकेको छैन । हामी केवल प्रकृतिले ठगिएको मुलुक भनेर आफुलाई हेरिरहेका छौ । तर सम्भावित खोज तथा उत्खनन्का कुरामा नीजि क्षेत्र देखि सरकारसम्म कसैका पनि ध्यान जान सकेका छैनन् । नेपाली मौलिक गरगहनाहरुको संरक्षण, प्रर्वद्धन, निर्यात प्रर्वद्धनमा सरकारले ध्यान दिनै सकेको् छैन । सुन व्यवसायीहरुका संघ संगठनहरु पनि धेरै स्वरुपमा छरिएका देखिन्छन् ।
जसकारण एकमुष्ट आवाज बुलन्द हुन सकेको देखिदैन । सरकारले सुन व्यवसायीका मागहरु सम्बोधन गरेको छैन । विश्वमै महत्वपूर्ण रहेको सुन व्यवसायको विकास एवं विस्तार गर्न सरकारले ध्यान दिन सकेकै छैन । त्यसकारण नयाँ बनेको सरकारले सुन अर्थतन्त्रको महिमा बुझन् जरुरी छ । सुन व्यवसायलाई अनुत्पादक भनेर मात्र हुदैन, विश्वकै ध्यान त्यँही रहेको परिपेच्छमा नेपालले आर्दश छाँटेर पनि हुँदैन ।
बर्षेनि अरबौं रुपैयाँ कारोबार हुने सुन व्यवसायको क्षेत्रले हालको बर्षहरुमा पनि करिव ३ लाख मानिसलाई रोजगारी दिँदै आएको अनौपचारिक तथ्याङक छ । मुलुकमा हाल साना ठुला गरेर २३ हजार भन्दा बढी सुनचाँदी पसल रहेका छन् । यत्रो धेरै मानिसहरुको रोजगारीसँग सरोकार राख्ने, सरकारलाई बार्षिक अरबौं राजस्व योगदान दिने क्षेत्रलाई राज्यले वेवास्ता गर्नु मुर्खता हो । त्यसकारण यस व्यवसायलाई सरकारले प्राथमिकता दिएर आवश्यक व्यवसायिक वातावरण बना
इदिनु, यसलाई व्यवस्थीत र नियमित गर्न छुट्टै कानुन बनाइनु आजको आवश्यकता हो । सुनचाँदीको कलात्मक गरगहना बनाएर नेपालले निर्यात प्रर्बद्धन गर्न सक्दा मात्र पनि अर्थतन्त्रमा त्यसले निकै ठुलो टेवा दिनसक्छ । त्यसकारण सरकारले सुनचाँदी व्यवसायलाई व्यवस्थीत गर्नु आजको आवश्यकता हो ।
गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्