सुन्ने हैन त कान्छीको बोली ?(भिडयो सहित)
बिजनेसपाटी १५ बैशाख
नेपाली लोकदोहोरी पारखीहरु माझ यतिवेला ‘थाहै छैन के भो के भो मलाइ आजभोली, सुनिररहन मन लाग्छ कान्छु तिम्रै बोली’ गुञ्जयमान छ । केही महिना अघि मात्र युटुब मार्फत सार्वजनिक गरिएको यस गीतले क्रमश दर्शक तथा श्रोताहरुको मन जित्न सफल छ । निर्भाना कला केन्द्रको प्रस्तुती रहेको शुसिल ज्ञावलीको यस रोइलो गीतमा शुसिल ज्ञावली र सम्झना भण्डारीले स्वर भरेका छन् । गीतमा लय तथा शब्द रमेशराज भटराइको रहेको छ । दिपेन्द्र तिमल्सिनाको निर्देशन, शुदिप बरालको छायाँकन र पवन सिंखडाको सम्पादन रहेको यस गीतमा पुर्णिमा श्रेष्ठ र विकास फिरोजले अभिनय गरेका छन् । नेपाली लोकभाकाको यस रोइलो गीत अत्यन्त मार्मिक प्रेम रसमा आधारित रहेको छ ।
भिडियो हेर्न तल क्ली गर्नुहोस्
फेसबुकबाट तपाईको प्रतिक्रिया