२०८२ असार २६

ललितपुर । आज नेपाली बजारमा सुन र चाँदी मूल्य स्थिर छ । सोमबार सुन र चाँदी दुबैको मूल्यमा कुनै फेरबदल भएको छैन । आज बजारमा आइतबारकै मूल्य कायम रहने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर भएको छ । गत शुक्रबारको बजारमा कायम भएको मूल्यलाई आधार मानेर सोमबार पनि चाँदीको कारोबार हुने भएको हो । शुक्रबारकै मूल्य अनुसार आज पनि चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया