
ललितपुर। काठमाडौंका सुन व्यवसायीहरुले सुन विलासिताको वस्तु होइन यसमा लागेको विलासिता कर हटाउनुपर्छ भन्दै प्रदर्शनमा उत्रिएका छन् । आगामी आर्थिक वर्षमा सरकारले सुनमा लगाएको २ प्रतिशत विलासिता कर हटाउनु पर्छ भन्दै विहीबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । उनीहरुले आज र भोलि दुई दिन पसल बन्द गरेर बिरोधका कार्यक्रम अघि सारेका हुन् ।
व्यवसायीहरुले सुनचाँदी र हिराका गरगहना विलासिताको वस्तु नभएको भन्दै व्यवसायीहरुले सुनमा लगाइएको विलासिताको कर हिरामा लगाइएको भ्याट खारेजको माग सहित प्रदर्शन गरेका छन् ।
आगामी आर्थिक वर्षदेखि सरकारले सुनमा २ प्रतिशत विलासिताको कर र बहुमूल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेसँग व्यवसायीहरु असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।
सरकारको व्यवसायीहरूले भने सुन पनि विलासिताको वस्तु नभएको तर्क गर्दै आन्दोलनमा उत्रिएका छन् । विहीबार उनीहरुले पसल बन्द गरेर प्रदर्शन गरे । काठमाडौंको न्यूरोडमा भएको सबै सुनचाँदी पसलहरु विहीबार बन्द रहे । आधिकारीक पोशाकसहित हातमा प्लेकार्ड बोकेर सुनचाँदी व्यवसायीहरुले दिनभरजसो प्रदर्शन गरे ।
उनीहरुले सुनचाँदी कारोबारको लागि व्यवसयीमैत्री एवं उपभक्तामुखी प्रष्ट नीति–नियमावली र निर्देशिका निर्माण गर्न समेत माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया