Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

सुपरहिट चलचित्र ‘अञ्जिला’ प्रदर्शनको १०० दिनमा प्रबेश

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित मिलन चाम्स निर्देशित २०८१ सालको सुपरहिट चलचित्र ‘अञ्जिला’ आज प्रदर्शनको १०० दिनमा प्रबेश गरेको छ ।
२९ फागुनमा रिलिज भएको चलचित्र ‘अञ्जिला’ सामाखुसीस्थित सिटी स्क्वायर मल , दरवारमार्ग स्थित राईजिङ मल लगायतका देशका अन्य ५ गरि ७ हलमा चलिरहेको छ । निर्माता  प्रेमकुमार श्रेष्ठका अनुसार चलिरहेका हलमा केहिदिन अघि देखि १०० रुपैयाँमा चलचित्र देखाइएको छ।
बक्स अफिसमा अहिलेसम्म ‘अञ्जिला’ले करिब ९ करोड नजिकको ग्रस कमाइ गरेको छ । चलचित्रमा एन्जिला आफैले शीर्ष भूमिका निर्वाह गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठको अभिनय छ ।
अघिल्लो महिना प्रदर्शनको ५१ औँ दिन पार गरेको अवसरमा सशस्त्र प्रहरी बल हल्चोकमा विशेष कार्यक्रम गरिएको थियो ।
चलचित्रको ‘यो देशको झण्डा’ बोलको विषयगत गीत थिम संङग प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । हरि लम्सालको सङ्गीत र गायिका बबिना किराँतीको स्वरमा रहेको गीतलाई निकै ऊर्जाशील र प्रेरणादायी छ । निर्देशक चाम्सले उक्त गीत खेलकुद क्षेत्रमा विशेष भएकोले अबदेखि हरेक खेल हुँदा स्टेडियममा यो गीत गुन्जिनु पर्ने बताउँदै आएका छन् । यसले राष्ट्र खेलाडी र खेलकुद बोकेकोले यो नेपालको लागि स्पोट्र्स एन्थम भएको उनको भनाई छ ।
एन्फाले नै यो गीतलाई स्पोट्र्स एन्थमको लागि पहल गर्नु पर्ने निर्देशक चाम्सको आग्रह छ । चलचित्रको रात किन हुन्छ हजुर बोलको अर्को गीत पनि हिट भएको छ । गीतमा थानेस्वर गौतम र शान्तिश्री परियारको स्वर प्रभा बर्तौलाको शब्द र गौतमकै सङ्गीत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया