काठमाडौं । अन्तिम ओभरमा तीन विकेट लिएपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा यूएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ । आइतबार ओमानको अल अमेरतमा भएको खेलमा यूएईविरुद्ध नेपालले रोमाञ्चक जित निकालेको हो ।
दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित निकालेको हो । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए ।नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रन बनाए । ४७ बलमा ४ चौका र एक छक्का प्रहार गरे।
कुशल भुर्तेल २८, कप्तान रोहित पौडेल २०, कुशल मल्ल १०, दीपेन्द्रसिंह ऐरी १ र गुल्सन झा १४ रन बनाएर आउट भए । सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा अविजित रहे । यो जितसंगै नेपालले सुपर सिक्समा ४ अंक जोडेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया