काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले रास्वपाकोसहमहामन्त्री पदबाट राजीनामा दिएकी छन् ।
प्रतिनिधि सभाको सदस्यको जिम्मेवारीमा मात्र रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा पेस गरेकी हुन् ।
उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश हुनेछ । आज बिहीबार बस्ने बैठकमा श्रेष्ठले आफ्ना कुरा राख्ने तयारी गरेकी छन् ।