|
|
२०८१ चैत्र १६
612 views
काठमाडौँ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनका कारण जिउँदै जलेर मृत्यु वरण गरेका पत्रकार सुरेश रजकको न्यायका लागि नेपाल पत्रकार महासंघले आज (शनिबार) बिहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

सुरेश रजक
पत्रकार महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी पत्रकार सुरेश रजकको न्यायका लागि प्रदर्शनमा उत्रिएको हो ।
यसअघि, स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।
सुरेश रजक एभिन्यूज टेलिभिजनका फोटो पत्रकार हुन् ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया