ललितपुर । नेपाली सेनाले स्वास्थ्य क्षेत्रका लागि करार सेवामा कर्मचारी भर्ना माग गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै नेपाली सेनाले देशका विभिन्न ठाँउको लागि फरक फरक पदमा स्वास्थ्य कर्मचारी भर्ना गरिने जनाएको हो ।
सेनाका अनुसार वीरेन्द्र अस्पताल छाउनीको लागि क्लिनिकल फिजियोलोजिस्ट र कार्डियोलोजिस्ट १–१ जना मागेको छ भने फिजिसियन, स्टाफ नर्स आटी र स्टाफ नर्स ल्याबमा २–२ जना मा गरेको छ ।
यस्तै स्टाफ नर्स हेमाडाईलाइसिस, न्यूरोसर्जन, जनरलसर्जन र एनेस्थेसियामा १–१ जनाका लागि आवेदन माग गरेको छ ।
त्यसैगरी सैनिक अस्पताल ईटहरी, सैनिक अस्पताल नेपालगञ्ज, सैनिक अस्पताल पोखराको लागि १–१ जना मेडिकल अफिस र फिल्ड अस्पताल धनगडीको लागि १ जना एमडीजीपी माग गरेको छ ।
नेपाली सेनाले प्रकाशित गरेको सुचना अनसार २०८२ जेठ २३ गतेभित्र आवश्यक कागजपत्र संलग्न राखेर आवेदन दिन भनेको छ ।
थप जानकारीको लागि नेपाली सेनाको वेभसाइट www.nepalarmy.mil.np मा हेर्न सुचनामा उल्लेख गरिएको छ ।