२०८२ मंसिर २४ | Dec 10, 2025

सोमबारको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक (सूचीसहित)

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २५
|
867 views

ललितपुर । हिजो बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरू सार्वजनिक गरिएका छन् । मंगलबार सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकमा निर्णयहरूमध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णयलाई प्रमुखमा मानिन्छ ।

त्यस्तै भारतको विशाखापटनम्मा २०८२ कात्तिक २८ देखि २९ गतेसम्म आयोजना हुने 30th Partnership Summit, 2025 मा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरलेले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने लगायतका निर्णयहरू समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया