२०८२ फाल्गुन ५ | Feb 17, 2026

“स्काईवर्थ सपना सा कार” अफरको पहिलो साप्ताहिक भाग्यशाली विजेता घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८१ आश्विन ९
|
357 views

काठमाडौँ, ९ असोज २०८१ –

केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा लि ले यस चाडपर्वको अवसरलाई
अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना सा कार” दशैं तिहारको बहार बम्परमा कार
उपहार अफर ल्याएको छ। यस अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेस प्रा.लि. ले लक्की ड्र
मार्फत पहिलो साप्ताहिक भाग्यशाली विजेतालाई उपहार प्रदान गरेको छ ।
काठमाडौँको स्काईवर्थ सोरुमबाट सामान खरिद गर्नु भएका श्री सन्देश अधिकारीलाई
साप्ताहिक लक्की ड्र मार्फत स्मार्ट एप्लाएन्सस प्रा लि ले माइक्रोवेभ उपहार प्रदान गरेको
छ ।
साथै बम्पर पुरस्कारमा एकजना भाग्यशाली ग्राहकले एमजी कमेट ईभी कार जित्न
सक्नुहुनेछ छ । साथै, ग्राहकहरूले स्काईवर्थका बिभिन्न उत्पादनहरूमा ४०% सम्मको छुटको
मजा लिन सक्नुहुने छ । स्काईवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग
मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम
एप्लायन्सेसहरू उपलब्ध गराउँछ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित
स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न सफल भएका छन् ।
यो योजना कार्तिक ३०, २०८१ सम्म लागु हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया