काठमाडौँ २७ चैत्र २०८०- स्किल वीक २०२४ पाँचौं संस्करण समापन समारोह आईतवार द सोल्टी होटेलमा आयोजित विशेष कार्यक्रमको बीच उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू,र इच्छुक उत्साहीहरुको उपस्थितिमा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा उपसभामुख, प्रतिनिधि सभा इन्दिरा राणा मगर प्रमुख अतिथिको रुपमा उपस्थिति भएका थिए ।ल वीक एक हप्ते कार्यक्रम थियो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस स्टडी, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिएको थियो । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक कार्यक्रम ३१ मार्चदेखि ०८ अप्रिलसम्म सन्चालन भएको थियो । यस कार्यक्रममा ५ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रबिधी रहेका थिए ।
यसै बिच यिनै पाँच बिधामा पाँच अत्यन्त प्रेरणादायक ब्यक्तित्वहरुलाई स्किल हीरो अवार्ड २०२४ उपाधीबाट सम्मानित गरिएको थियो ।
पहिलो स्तम्भ अर्थात् कला र संस्कृतिका लागि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) दुई प्रसिद्ध दिग्गज कलाकारलाई समाजको परिवर्तनसँगै विभिन्न समस्यालाई कलाको मार्फत बाट हाँस्यब्यङ गर्दै आफ्नो करियर समर्पित गरेकोमा पुरस्कृत गरिएको थियो । नेपाली जीवनमा उहााँहरुको मनमोहक हास्यले हरेक उमेर समूहलाई मनोरञ्जन दिएको छ र यी जोडीले आफ्नो जीवनको दुई दशकभन्दा बढी समय चलचित्र, टेलिभिजन शृङ्खला र नाटकहरूमा हास्य र हृदय छुने भावनाहरू मार्फत सचेतना अभियानको हस्ताक्षर शैली सिर्जना गर्न समर्पित गरेका छन्।
त्यसैगरी उद्यमशीलता विधामा किंग्स कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल लाई स्किल हिरोको उपाधि प्रदान गरिएको छ । उहाँ समुदाय, शिक्षा र उद्यमशीलतालाई सँगै ल्याउन काम गर्ने शिक्षक हुनुहुन्छ। विद्यार्थी भवनबाट बाहिर निस्कँदा, वास्तविक समस्यासँग खेल्दा, सिकाइलाई प्रतिबिम्बित गर्ने, सहकर्मीहरूसँग छलफल गरेर सिकाइलाई व्यवहारमा लागू गर्दा वास्तविक सिकाइ हुन्छ भन्ने उनको दृढ विश्वास छ।
यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि पर्यटनसम्बन्धी तालिम दिने नेपालको पहिलो कलेज नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्टकी संस्थापक तथा अध्यक्ष छाया शर्मा लाई सम्मान गरिएको थियो । उनी काष्ठमण्डप विद्यालय रि सार्क च्याम्बर क्राफ्ट्स भिलेजकी संस्थापक पनि हुन्, जुन सार्क क्षेत्रबाट हस्तशिल्पका लागि खुद्रा आउटलेट हो । महिला सशक्तिकरणको लागि रुट गर्दै, उनले नेपाल महिला उद्यमी संघ ँध्भ्ब्ल् को स्थापना गरिन् । त्यस्तै, विज्ञान तथा प्रविधि विधामा डा भगवान कोइराला पुरस्कृत भएका छन् । डा. कोइराला कार्डियोथोरासिक सर्जन, प्राध्यापक र सामाजिक कार्यकर्ता हुन्। उनी नेपालमा ओपन–हार्ट सर्जरी सुरु गर्ने नेपाली शल्यचिकित्सकहरूको टोलीको नेतृत्व गर्नका लागि परिचित छन्।
यस वर्ष, अप्रेन्टिससिप विषयवस्तु प्रस्तुत ग¥यौं, र विधामा सुश्री पुष्पा चौधरीलाई पुरस्कृत गरियो । सुश्री चौधरी एक योग्य शेफ हुन् जसले होटल व्यवस्थापनमा आफ्नो सीप र क्यारियर प्रदर्शन गरिसकेकी छिन्।
सोही दिन समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२४ नामक भब्य कार्यक्रम सन्चालन गरिएको थियो जसमा ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो । सीईओ अनप्लग्डको पहिलो प्यानल छलफल “क्तचबतभनष्अ ब्ििष्बलअभ ायच न्चभबतभच क्ष्mउबअत” एवम दोस्रो प्यानलमा छलफल “त्जभ ध्यचमि या ध्यचप ( द्यगष्मिष्लन ब च्भकष्ष्भिलत ँगतगचभ ायच थ्यगतज ष्ल ल्भउब”ि शीर्षकमा आयोजना गरिएको थियो। कार्यक्रमको बिचमा राष्ट्रिय केस स्टडी प्रतियोगिताको फाइनल प्रस्तुति पनी सम्पन्न गरिएको थिया े।

प्रमुख सल्लाहकार : दिपेन्द्रबहादुर क्षेत्री (पुर्वगभर्नर)
सल्लाहकार : रामशरण घिमिरे (समाजसेवी)
कानुनी सल्लाहकार : भरतराज सुबेदी
अध्यक्ष/प्रधानसम्पादक : हरिप्रसाद तिमल्सिना
प्रबन्ध सञ्चालक : मिलन घिमिरे
निर्देशक : टिका प्रसाद तिमल्सिना
सम्पादक : रिसब गौतम
मल्टिमिडिया संयोजक :लोकराज अधिकारी
मल्टिमिडिया सह -संयोजक :प्रकाश धिताल
सहसम्पादक : निता ढुगेंल
बजार ब्यवस्थापक : जनार्दन प्र उपाध्याय
रिपोर्टर : भवानी बजगाँई
लेखा प्रमुख : सोनिया देशार
फोटो पत्रकार : विशाल फुयाँल
कार्यालय सहयोगी : सुनिता श्रेष्ठ
सम्पर्क
बिजनेस पाटी मिडिया प्रा. लि.
- धापाखेल, ललितपुर, नेपाल
- सूचना विभाग दर्ता नं. : १२७/०७३-७४
- 01-5253584, 9745366039
- businesspati@gmail.com
विज्ञापनका लागि सम्पर्क
Email: businesspati@gmail.com
Contact: 9841362663,9745366038
सामाजिक संजाल
Follow us on Facebook
Copyright 2024 – Business Pati | Powered by Himalayan Host