Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

स्याङ्जाको बिरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

स्याङजा। गरिमा विकास बैंक लिमिटेडले बुधबार स्याङ्जाको बिरुवा गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकामा २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बिरुवा शाखा उद्घाटन बिरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवर र बैंकका अध्यक्ष दीलिपप्रताप खाँडले संयुक्त रूपमा गरे भने अर्जुनचौपारी शाखा उद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र बैंकका अध्यक्ष खाँडले संयुक्त रूपमा गरेका छन् ।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय व्यापारी, बुद्धिजीवि लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । सञ्चालनमा आएका नयाँ शाखा कार्यालबाट उक्त क्षेत्रका स्थानीयवासिन्दा, व्यावसायिक फर्मरकम्पनी तथा अन्य संघसंस्थालाई उत्कृष्ट सेवा प्रवाहमा बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा बैंकले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया