ललितपुर । छ्याङदी हाइड्रो पावर कम्पनी लिमिटेडले यही जेठ २३ गतेदेखि हकप्रद शेयर निस्काशन गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको सतप्रतिशत हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निश्कासन गर्न लागेको हो ।
यस हकप्रद शेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।