२०८२ मंसिर २४ | Dec 10, 2025

हायात होटलले निकाल्यो एकैपटक १३३ कर्मचारी

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २६
|
1.7k views

ललितपुर। हायात होटलले कार्यरत सम्पूर्ण कर्मचारीलाई कामबाट निकालेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा होटलमा क्षति पुगेपछि होटल व्यवस्थापन समितिले एक सूचना मार्फत सम्पूर्ण कर्मचारीलाई निकाश्न गरिएको बताएको छ ।

क्षति भएको उक्त होटलमा हाल मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको छ । मर्मतका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नु पर्ने र होटल सञ्चालन गर्न सकिने अवस्था नरहेकाले होटलमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई काममा लगाउन होटल असमर्थ रहेको भन्दै कार्यरत सम्पूर्ण १३३ कर्मचारीहरूलाई कामबाट निकालिएको हो ।

होटलले आगामी मंसीर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ बमोजिम सम्पूर्ण श्रमिक कटौती गरेको जानकारी दिएको छ । मंगलबार मध्यरातमा एक सूचना जारी गर्दै हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले होटलमा कार्यरत १३३ जनालाई कटौती गर्ने निर्णय गरेको बताए ।

जेनजी आन्दोलनपछि पटक पटक श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरूको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग समेत छलफल गरिएको र त्यसबाट पनि कुनै निष्कर्ष निकाल्न नसकिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया