हिमपर्वत हाईड्रोपावर र सि.बि.आई.एल क्यापिटलबीच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाण्डौ २ भदौ २०७९
एक समारोहका बिच हिमपर्वत हाईड्रोपावर लिमिटेड र सि.बि.आई.एल क्यापिटल लिमिटेड बिच त्रिपुरेश्वर, काठमाडौंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिमपर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटल लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार सि.बि.आई.एल क्यापिटल लिमिटेडले हिमपर्वत हाईड्रोपावर लिमिटेडको १४ लाखकित्ता शेयर आयोजनाप्रभावित स्थानीयतथा २८ लाखकित्ता शेयर सर्वसाधारण गरी जम्मा४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हिमपर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागँु खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागँु खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया