काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो न्यूरोड शाखा–२ लाई स्थानान्तरण गरी ठमेल स्थित संचय कोष भवनबाट सञ्चालनमा ल्याएको छ । बैंकले आज अर्थात् जेष्ठ २५ गते देखि ठमेल शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी सञलनमा ल्याएको हो ।
उक्त शाखाको आइतबारबाट शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शम्सेर राणाका साथ अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थति थियो ।
हिमालयन बैंकका नेपालभरि १७४ शाखा कार्यालय र २० विस्तारित काउन्टरहरु रहेका छन् ।