हिमालयन बैकको नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए सपथ


काठमाण्डौ १९अशोज २०७८

नेपाल राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका नव नियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको छ ।

अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बंैक अध्यक्षको पद बहाली गर्नुभएको छ । उहाँलाई बंैकका संचालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणा लगायत बंैकका वरिष्ठ अधिकृतहरुले स्वागत गर्नुभयो ।

श्रेष्ठलाई २०७८ साल आश्विन १३ गते बुधबारका दिन बसेको बंैकको ४११ औं संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो ।

श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको संचालक समितिका सदस्य हुनुहुन्थ्यो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया