हिमालयन बैकले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाण्डौ २२ अशोज २०७८

हिमालयन बैंक लिमिटेडको ०७८ आश्विन महिना २० गते बसेको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७-७८ को मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुने बैकले जनाएको छ ।

बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यताकै उच्च रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया