२०८२ मंसिर २६ | Dec 12, 2025

हिमालयन रिन्स्योरेन्सले भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने

BusinessPati बिजनेस पाटी
|
२०८० माघ ६
|
204 views

काठमाडौं ०६  माघ २०८०

हिमालयन रिन्स्योरेन्सलाई भारतबाट पुनर्बीमा व्यवसाय गर्न पाउने भएको छ।

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलेटरी एण्ड डेभलपमेन्ट अथोरिटी अफ इन्डियाले स्वीकृति प्रदान गरेसँगै कम्पनीलाई भारतबाट पुनर्बीमा व्यवसाय प्राप्त गर्न बाटो खुलेको कम्पनीले जनाएको छ ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडको निवेदन उपर १६ जनवरी २०२४ मा स्वीकृति प्रदान गरेको हो। भारतबाट व्यवसाय गर्न स्वीकृति प्राप्त गरेसँगै कम्पनीले ३१ वटा देशमा व्यवसाय विस्तार गरि बनाएको छवीलाई थप उचाइमा पुऱ्याउने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया