Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले हबिब बैंकको नाममा रहेको संस्थापक सेयर किन्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । शेखर गोल्छा अध्यक्ष रहेको हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले हिमालयन बैंकमा हबिब बैंकको नाममा रहेको संस्थापक सेयर किन्ने भएको छ ।
हिमालयन रि–इन्स्योरेन्सले हबिब बैंकको दुई करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर किन्ने प्रकृया सुरु गरिसकेको छ । पाकिस्तानको हबिब बैंक हिमालयन बैंकबाट बाहिरिन संस्थापक सेयर गत जेठ ३० मा बिक्रीमा राखेको थियो ।

हबिबले पहिलो प्राथमिकता हिमालयनका संस्थापक सेयरधनीलाई दिएको छ । हाल कायम रहेका संस्थापकहरुलाई ३५ दिनभित्र सेयर किन्न समय दिएको छ । हबिबले हिमालयनको संस्थापक सेयर मूल्य प्रतिकित्ता ११२.८० रुपैयाँ तोकेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया