२०८२ माघ २६ | Feb 09, 2026

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८० पुष २६
|
408 views

काठमाडौं, २६  पुस २०८०- हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बुधबार काठमाडौंमा सम्पन्न भएकोे साधारण सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।
सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयरधनी महानुभावहरुको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे । उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयरधनी महानुभावहरु र नियामक निकायहरुको साथ र सहयोगको अपेक्षा सहित उपस्थित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग भएकोमा सम्पूर्णमा धन्यवादसमेत प्रकट गरे ।राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया