काठमाडौ । नेपाल होचा पुडका कलाकार संघको प्रस्तुति नाटक “,सचेतना”को काठमाडौंको मञ्चन सकिएको छ । लगातार दुई दिन गरि संघले काठमाडौ जिल्लाका विभिन्न ६ स्थानमा नाटक मञ्चन गरेको संघकि अध्यक्ष बिन्दा दुलालले जानकारी दिएकी छन ।
स्थानिय सरकारको अनुदान सहयोगमा उक्त नाटक मञ्चन गरिएको हो । अब जेठ पहिलो साता हेटौंडाका विभिन्न स्थानमा नाटक मञ्चन गरिने पनि अध्यक्ष दुलालले जानकारी दिएकी छन ।
“डिजिटल एडिक्सन ” लागू औसध दुर्ब्यसन , साइबर सुरक्षा , र लैङ्गिक हिंसा बिरुद्धको उक्त चेतनामूलक नाटकमा सिर्जना सेन्चुरी,दल बहादुर कार्की ,निश्चल श्रेष्ठ ,पार्बती ढकाल,भिम सुनार,निर्मला उपाध्याय ,कृष्णमाया रानामगर र मनोज गोर्खालीले वभिन्न भुमिका निर्बाह गरेका छ्न । नाटकलाई प्रसिद्ध गीतकार एबम लेखक लोकराज अधिकारीले लेखेका हुन । नाटकको निर्देशन प्रसिद्ध रङ्गकर्मी जे.बि . डी .सीले गरेका हुन । नाटक हेरेका दर्शकहरुले विषयबस्तु र प्रस्तुती उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छ्न ।