होटल एलिस द अन्डर इन सञ्चालनमा आउने

काठमाण्डौ २ भदौ होटल एलिस द अन्डर इन सञ्चालनमा आउने भएको छ ।इमजिङ्ग नेपालको लगानीमा निर्र्माण कार्य भईरहेको होटल एलिस आगामी महिनादेखि सञ्चालनमा आउने भएको हो ।कर्णालीप्रदेशको हुम्ला जिल्ला सिमिकोट स्थित निर्माण भएको होटल होटल एलिस ख्यातिप्राप्त धार्मिक स्थल मानसरोवर जान ेप्रवेशद्धारमा पर्दछ ।हुम्ला आफैमा पर्यटकीय स्थल रहेकाले पर्यटनको लागि रमणीय स्थलहरु रहेका छन् । पर्यटकीय दृष्टिकोणले निकै नै रमणीय रुमामा रहेकोले आन्तरिक तथा बाह्यपर्यटकको लागि अति नै लोभलाग्दो दृष्य रहेको छ ।


होटलले आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि विभिन्न ट्राभल एजेन्सीहरु मार्फत व्यक्तिगत, कर्पाेरट प्याकेज सहितको सेवा प्रदान गर्ने जनाएको छ ।मानसरोवर जाने तिर्थयात्रीहरुको लागि हुम्लाको सिमिकोट प्रवेशद्धार भएकाले धार्मीक पर्यटन प्रबद्र्धनमा होटलले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया