१७२ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमान आगलागी

वासिङटन डिसी, चैत १ । १७२ जना यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानमा आगो लागेको छ । अमेरिकाको डेनभरमा (हिजो) बिहीवार डेन्भर विमानस्थलमा पार्क गरिराखेको उक्त विमानको इन्जिनमा आगलागी भएको हो ।

आगोले जलिरहँदा धुवाँको मुस्लोले विमान पुरै भरिएको थियो । रिपोर्टका अनुसार अमेरिकन एयरलाइन्सको उडान १००६ मा जम्मा १७२ यात्रु सवार थिए ।

स्रोतका अनुसार उक्त अमेरिकी विमान कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ उडेको थियो। अमेरिकन एयरलाइन्सको यो विमान बोइङ ७३७–८०० हो। विमानको इन्जिनमा लागेको आगो छिटै नियन्त्रणमा लिइएका कारण कुनै पनि मानवीय क्षति नभएको स्रोत बताउँछ । आगो चाँडै नियन्त्रणमा लिएर सबै यात्रु सकुशल विमानबाट ओराल्न सफल भएकोमा एयरलाइन्सले विमानस्थलको प्राधिकारलाई धन्यवाद दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया