Rato Kagaj पल पलको खबर

२०८२ असार २६ | Jul 10, 2025

२२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान

BusinessPati बिजनेस पाटी
|
२०८२ असार २६

ललितपुर । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न २२ वटा सहकारीका ६१ हजारभन्दा बढी बचतकर्तालाई सो बराबरको बचत फिर्ता तथा हिसाब मिलान गरेको छ ।

समितिले आइतबार पत्रकार सम्मेलन गरि स्थापनाकालदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै २२ वटा समस्याग्रस्त सहकारीको ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ फिर्ता तथा मिलान भएको जानकारी दिएको हो ।

पीडितहरूको अझै ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता हुन बाँकी रहेको छ । समितिका अनुसार हालसम्म ६१ हजार ९४ जना मागदाबीकर्ताको कुल मागदाबी रकम ३८ अर्ब ४२ करोड ९६ लाख ३२ हजार रुपैयाँको मागदाबी परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया