२०८२ आश्विन १६ | Oct 02, 2025

अत्तरिया–भ्यागुतेपानी सडक स्तरोन्नति गरिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ जेष्ठ २०
|
153 views

कैलाली । कैलालीको गोदावरीस्थिति अत्तरिया–भ्यागुतेपानीसम्म १४.५ किलोमिटर सडकखण्ड स्तरोन्नति सुरु गरिएको छ ।
सो सडकखण्डमा पुनःसडक सुधार ‘रिसेलिङ’ प्रक्रियामार्फत सडक स्तरोन्नति गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । भीमदत्त राजमार्गमा  पर्ने सो सडकखण्डको मर्मत तथा स्तरोन्नतिका लागि आरडिआपिएसके जेभी नामक निर्माण कम्पनीसँग रु दुई करोड ५४ लाखमा आगामी असार मसान्तसम्म सम्पन्न गर्नेगरी  सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंले जानकारी दिए ।
उनका अनुसार सडकको सतह बचाउन हरेक पाँच वर्षमा पुनः सडक सुधार आवश्यक  हुन्छ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित भीमदत्त राजमार्गअन्तर्गत बूढीतोलामा भासिएको ३० मिटर सडकखण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । सडकखण्ड मर्मतका लागि जिएसआई हटैराज जेभी निर्माण कम्पनीसँग छ करोडमा ठेक्का सम्झौता भएको थियो । ३०० मिटर सडक कालोपत्रका लागि आगामी आर्थिक वर्षमा ठेक्का हुन लागेको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
हाल भासिएको सो सडक सञ्चालनका लागि अस्थायी रूपमा मर्मत गरिए पनि सवारीसाधन सञ्चालनमा समस्या भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया