|
|
२०८२ पुष ३
1.2k views
ललितपुर - ललितपुर । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई १०९९ मतको फराकिलो मतान्तरले हराउँदै ओलीले तेस्रोपटक अध्यक्षमा बाजी मारेका हुन् । ओलीले १६६३ भोट ल्याएर अध्यक्ष जित्दा पोखरेल ५६४ पाए ।
महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत ल्याएर पोखरेलले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतले हराएका हुन् । पाण्डेले ९९९ मत पाए ।

बिजनेस पाटी