२०८२ जेष्ठ २२

ललितपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नेपालसहित बसेको पार्टी बैठकले अध्यक्ष नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।
समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको ठहर गर्दै आरोपको कानूनी र राजनीतिक प्रतिवाद गर्ने जनाएको छ । समाजवादीले अदालतबाट क्लिचिट लिएर यो पुर्वाग्रही कदम हो भन्ने सन्देश दिइने बताएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया