अध्यक्ष पदका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले एक घण्टा लगाएर गरे मतदान

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २
|
765 views

ललितपुर - ललितपुर। नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि बुधबार भृकुटीमण्डपमा विहानैदेखि मतदान जारी रहेको छ । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् ।

महाधिवेशनमा कूल २ हजार २६३ जना प्रतिनिधिले भाग लिँदैछन् ।

पहिलो मतदान पार्टीको अध्यक्ष पदका प्रत्याशी द्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनबाट गरेका थिए । आयोगका अनुसार दुवैजनालाई मतदान गर्न करिव १ घण्टा समय लागेको थियो । निर्वाचन आयोगका अनुसार दुवैलाई मतदान गर्न करिब ५५ मिनेट समय लागेको थियो ।

 पात्रो/राशिफल  रेडियो YouTube