अनामनगरमा खुल्यो मधुमेह,थाइरोइड तथा हर्मोनरोग विशेष ‘सिटी स्पेसिलिटि हेल्थ क्लीनिक


काठमाण्डौ ७ अशोज २०७७ ।
काठमाण्डौंको मुटु मानिने अनामनगर लोकसेवा आयोगको विल्डङसँगै ‘सिटी स्पेसिलिटि हेल्थ क्लीनिक’ खुलेको छ । मंगलबार औपचारिक उद्घाटन गरिएको सो क्लीनिक बाथरोग, मधुमेह, थाइरोइड तथा हर्मोनसँग सम्बन्धित रोगका लागि विशेष सेवा दिने उदेश्यसाथ खोलिएको सञ्चालक तथा मधुमेह तथा थाइरोइड रोग विशेषज्ञ डा सुमन सिम्खडाले बताए ।

क्लीनिकले स्थापनाको अवसरमा अशोज ७ देखि २० गतेसम्म निशुल्क डाक्टर जाँच सेवा र औषधीमा १० प्रतिशत छुटको पनि सुविधा उपलब्ध गराएको सिम्खडाले बताए । त्यसैगरी अन्य जाँचहरुमा पनि २० प्रतिशत छुटको ब्यवस्था मिलाएको, होलबडी जेकजाँच २५ सयमै सिमित गरिएको सिम्खडाले बताए ।पछिल्ला बर्षहरुमा बाथ, सुगर तथा थाइरोइडको रोगिहरु बढीरहेको तर गुणस्तरीय उपचार अभाव रहेको अवस्थामा आफुहरुले बाथ, मधुमेह तथा थाइरोइड रोग सम्बन्धी विशेषज्ञ डाक्टरहरुद्धारा सेवा प्रवाह गर्न लागिएको सञ्चालक सिम्खडाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया