अन्ततः सर्यो कक्षा १२ को परीक्षाः वैशाख २१ परीक्षाको नयाँ मिति

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख १०
|
918 views

ललितपुर - काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच केही समय चलेको घम्साघम्सीपछि अन्ततः कक्षा १२ को परीक्षा सरेको छ। शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि राष्ट्रिय परीक्षा बोर्डले बाध्य भएर वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा सारेको हो।

परीक्षा बोर्डले वैशाख २१ गतेका लागि परीक्षाको नयाँ मिति तोकेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख २१ गतेदेखि परीक्षा गर्ने गरी नयाँ तालिका सार्वजनिक गरिने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नै परीक्षाको मिति सारिएको बोर्डका अध्यक्ष शर्माले जानकारी गराए । प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका क्रममा प्रधानमन्त्री ओलीले अध्यक्ष शर्मालाई परीक्षा सार्न निर्देशन दिएका थिए।

May be an image of calendar, poster and text

 पात्रो/राशिफल  रेडियो YouTube